Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

४.९२ अंकले बढ्यो सेयरबजार, झण्डै ३ अर्बको कारोबार

४.९२ अंकले बढ्यो सेयरबजार, झण्डै ३ अर्बको कारोबार


  • 2.4K
    Shares

    ४.९२ अंकले बढ्यो सेयरबजार, झण्डै ३ अर्बको  कारोबार

    सेयरबजार ४.९२ अंकले हरियो भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक उक्त अंकले बढेर २०९०.६४ विन्दुमा रोकिएको हो। 

    योसँगै १६८ कम्पनीको सेयर मूल्य बढेको, ६८ वटाको घटेको र ११ वटाको उही मूल्यमा कारोबार भएको छ। ७७ लाख कित्ता सेयर बिक्री भएको दिन बजारमा २ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ। बुधबार चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

    गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रो र इस्टर्न हाइड्रोको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले कमाएका छन्। 

    आज गुमाउने लगानीकर्ताले ५.२५ प्रतिशतसम्म मात्र गुमाएका छन्। सर्वाधिक कारोबारमा भने हिमालयन रि इन्स्योरेन्स नै अगाडि छ। कम्पनीको २४ करोडको कारोबार भएको छ। 

    प्रकाशित मिति :माघ २४ २०८० बुधवार - १५:२०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij