२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय शिक्षा विकास निर्देशनालय, दिपायलले कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवाको नामावली प्रकाशन गरेको छ ।
शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरको भदौँ ११ गते प्रकाशित कार्य सम्पादन मूल्याङ्कनका आधारमा गरिने ७५ प्रतिशत शिक्षक बढुवाको विज्ञापन अनुसार शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, दिपायलको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्नेहरूको नामावली प्रकाशन गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सुदूरपश्चिम प्रदेश अन्तर्गतका विभिन्न जिल्ला तह, श्रेणी र विज्ञापन अनुसारका उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ को प्रयोजनका लागि प्रकाशित गरिएको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij