Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

रोकिएको एमाले धादिङ अधिवेशन मंगलबारबाट सुरु हुने

रोकिएको एमाले धादिङ अधिवेशन मंगलबारबाट सुरु हुने


  • 3.1K
    Shares

    रोकिएको एमाले धादिङ अधिवेशन मंगलबारबाट सुरु हुने

    काठमाडौँ । नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन भोलि (मंगलबार) बाट सुरु हुने भएको छ। आइतबार दुई गुटका नेता कार्यकर्ताहरुबीच कुटाकुट हुँदा स्थगित भएको अधिवेशन मंगलबार बिहान सुरु गर्न लागिएको हो। 

    ‘बालकोटमा अध्यक्ष ज्यू (एमाले अध्यक्ष केपी शर्मा ओली) सँग भएको छलफलमा मंगलबार बिहानबाट पुनः अधिवेशनको कार्यक्रम सुरु गरिने सहमती भएको छ,’ एमाले जस्तो गौरवशाली पार्टीले साना बिषयमै यस्ता झै झगडा नगर्न सुझाव दिनु भयो। पार्टीलाई अनुशासित बनाएर अधिवेशन सौहार्दपूर्ण ढंगले भोलि (मंगलबार) बिहानबाट अधिवेशन सुरु गर्छौं।’

    त्रिपाठीका अनुसार आइतबार रोकिएको बन्दसत्रको कार्यक्रम सकिएपछि अधिवेशनको बाँकी प्रक्रिया सुरु हुनेछ। जिल्ला पदाधिकारी चुन्ने बिषयमा भने एमाले अध्यक्ष ओलीले कुनै निर्देशन नदिएको उनले बताए। अर्को विज्ञप्ती जारी गरेका थिए। उनले अधिवेशन स्थगित नभएको र यस्ता भ्रममा नपर्न अनुरोध गरेका थिए। 

    धादिङमा भएको कुटाकुटको विषय बालकोटसम्म पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन स्थगित गर्न निर्देशन दिएर बैठकका लागि नेताहरुलाई बालकोट बोलाएका थिए।

    प्रकाशित मिति :माघ २२ २०८० सोमवार - १२:०७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij