Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

महाधिवेशन रोकेर माओवादीसँग एकता गर्न बाबुराम भट्टराई तयार

महाधिवेशन रोकेर माओवादीसँग एकता गर्न बाबुराम भट्टराई तयार


  • 2.9K
    Shares

    महाधिवेशन रोकेर माओवादीसँग एकता गर्न बाबुराम भट्टराई तयार

    काठमाडौँ । माओवादीसँग एकताको विषयमा निम्तिएको विवाद समाधानपछि नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टीका अध्यक्ष डा.भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादवबिच पार्टी एकताका विषयमा भएको विवाद तत्कालका लागि समाधान भएको हो । 

    केन्द्रीय समिति बैठक सुरु हुनुअघि दुई अध्यक्षसहित ५ जना पदाधिकारीबिच बसेको बैठकमा आगामी जेठसम्म नेसपाको महाधिवेशन रोक्ने सहमति भएको छ । त्यसअघि माओवादी केन्द्रसँग एकता प्रक्रियालाई अघि बढाउने निर्णय भएको छ । केन्द्रीय समिति बैठकअघि अध्यक्षद्वय भट्टराई र यादव, सह–अध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहित केही केन्द्रीय कार्यकारिणी सदस्यहरूबिच बैठक बसेर सो सहमति गरेको हो । 

    बैठकले हाल निर्माण भइरहेको प्रस्तावित मस्यौदा विधानलाई केन्द्रीय समिति बैठकले पारित गर्ने, पार्टीभित्र देखा परेको विवादलाई हल गरेर लैजाने सहमति भएको छ । हिजो बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा पार्टी एकताको विषयमा चर्को विवाद उत्पन्न भएपछि बैठक स्थगित भएको थियो ।

    प्रकाशित मिति :माघ २० २०८० शनिवार - १७:३७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij