२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न नेपाल समाजवादी पार्टी(नेसपा)को केन्द्रीय कार्यकारिणी बैठक बस्दै छ । केन्द्रीय कार्यालय तीनकुनेमा दिउँसा १२ बजे बस्ने महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । यस्तै पार्टी एकताको विषयमा समेत निर्णय हुने उनले बताए ।
‘मस्यौदा विधानमाथि छलफल गर्न बैठक बोलाइएको हो । आजको बैठकले माओवादीसँग पार्टी एकताको विषयमा समेत निर्णय हुन्छ’, उनले भने ।
यादवका अनुसार मस्यौदा अनुमोदनका लागि शनिबार केन्द्रीय समिति बैठक बोलाएको छ । यही मङ्सिरको पहिलो हप्ता बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्नका लागि अध्यक्ष बाबुराम भट्टराई नेतृत्वमा एकता समायोजन समिति बनाएको थियो ।
पार्टीको विधान बनाउन मस्यौदा समिति गठन गरेको थियो । मस्यौदामाथि छलफल गरी आवश्यक परिमार्जन गरी पारित गर्ने यादवले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij