२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई बुधवार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिएको छ । मच्छिन्द्रनाथलाई ६ महिना पाटन ६ महिना बुङ्मती राखिने चलनअनुसार तःबहाल लगिएको हो ।
किंवदन्ती अनुसार कान्तिपुरवासीले गोरखनाथलाई भिक्षा नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाएर बसे ।
उनी त्यहाँ बसेपछि १२ वर्षसम्म उपत्यकामा वर्षा नभई अनिकाल लाग्यो । यसको समाधानका लागि गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने कुरा थाहा लाग्यो ।
भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथ चक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएपछि वर्षा भएको किंवदन्ती रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij