Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

तत्काल मन्त्री मण्डल हेरफेर हुँदैन : मन्त्री गुरुङ

तत्काल मन्त्री मण्डल हेरफेर हुँदैन : मन्त्री गुरुङ


  • 3.1K
    Shares

    तत्काल मन्त्री मण्डल हेरफेर हुँदैन : मन्त्री गुरुङ

    काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मन्त्री परिषद् विस्तार  नहुने बताएका छन् । उनले मन्त्री परिषद् विस्तार नहुने तर कामको प्रगतिलाई मन्त्रीहरूले बढाउनु पर्ने बताए ।

    आज बिहान बुटवलमा प्रेस युनियनको आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री फेर्ने  विषयका प्रधानमन्त्री दलका नेताहरू छलफल गरे पनि अहिले  नफेर्ने निचोडमा पुगेकाले बताए ।

    कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले  प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्री फेर्ने बताएका पछि सत्तारूढ दलका नेताहरूबिच छलफल गर्दा अहिलेलाई यही ठिक भएको खुलाए।

    गुरुङले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा भएको 'क्रसभोट'ले गठबन्धनभित्र तरङ्ग ल्याए पनि यसले खासै असर नपार्ने बताए । उनले गठबन्धन दलभित्र गम्भीर समीक्षा सुरु भएको छ । गठबन्धनमा आशङ्का जन्माए पनि यसको च्याप्टर छिटै क्लोज हुने बताए ।

    सकभर सहमति नभए प्रक्रियामा गएर भए पनि टीआरसी विधेयक अबको अधिवेशनबाटै टुङ्गो लाग्ने मन्त्री गुरुङको भनाइ छ । हिउँदे अधिवेशनमा सरकारले धेरैभन्दा धेरै विधेयकहरू लैजाने तयारी गरेको मन्त्री गुरुङले जानकारी दिए । त्यसको लागि आफूले धेरै छलफल पनि गरेको बताए ।

    कांग्रेसका भ्रातृ सङ्गठन भद्दा र ठुला बनेको भन्दै भीड बढाउँदै पार्टी बन्न नसक्ने उनले बताए । पार्टीमा गुटगत प्रतिस्पर्धा बढ्दा सङ्गठन भद्दा बन्न पुगेको उनको भनाइ छ ।

    प्रकाशित मिति :माघ १७ २०८० बुधवार - ११:०१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij