Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

पाथीभरा मन्दिरमा तामाको स्वागतद्वार बनाउने निर्णय

पाथीभरा मन्दिरमा तामाको स्वागतद्वार बनाउने निर्णय


  • 3.0K
    Shares

    पाथीभरा मन्दिरमा तामाको स्वागतद्वार बनाउने निर्णय
    images

    काठमाडौँ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्वार बन्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्वार बनाउने निर्णय गरेको हो । 

    समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा संकलन भएको तामाबाट स्वागतद्वार बनाउने निर्णय भएको बताए । समितिका अनुसार मन्दिरमा ६ हजार ५ सय ३९ किलो तामा संकलन भएको छ ।  

    ‘बिक्री गरेर आम्दानी बाँध्ने या प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो,’ हाङवाङले भने, ‘क्षेत्र विकास समितिको बैठक र अन्य संघसंस्थाको सुझाव प्रयोग गरौँ भन्ने आएकोले स्वागतद्वार बनाउने तयारी भएको हो ।’

    यसअघि पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले माथिल्लो फेदीमा पनि तामाकै द्वार निर्माण गरेको छ । 

    प्रकाशित मिति :माघ १५ २०८० सोमवार - ११:११:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij