Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशका सत्तारुढ गठबन्धनका चारैजना विजयी

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशका सत्तारुढ गठबन्धनका चारैजना विजयी


  • 2.2K
    Shares

    राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशका  सत्तारुढ गठबन्धनका चारैजना विजयी

    हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा गठवन्धनको तर्फबाउ उम्मेदवार बनेका चार जना उम्मेदवार विजयी भएका छन् ।

    नेपाली कांग्रेसका २ जना, नेकपा माओवादी केन्द्रका एक र नेकपा एकीकृत समाजवादीका एकजना उम्मेदवार बिजयी भएका हुन् । बिजयी हुनेहरुमा काङ्ग्रेसका जितजङ्ग बस्नेत र विष्णुकुमारी पुडासैनी रहेका छ्न भने माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल रहेका छन् । कांग्रेसका पुडासैनीले ६६२२ मत प्राप्त गर्दा अन्यका उम्मेदवार कांग्रेसका बस्नेतले ६५३१ मत प्राप्त गरे ।

    बिजयी दलित तर्फका समाजवादीका रिजालले ६५१२ मत प्राप्त गर्दा अपाङ्ग्ता तर्फ माओवादी केन्द्रका अधिकारीले ६३८३ मत प्राप्त गरे । हेटौंडामा सम्पन्न मतदानमा कुल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका थिए ।

    स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्यमध्ये १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका थिए ।

    प्रकाशित मिति :माघ ११ २०८० बिहिवार - १७:५५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij