Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कर्णालीमा सकियो मतदान : शतप्रतिशतले हाले भोट

कर्णालीमा सकियो मतदान : शतप्रतिशतले हाले भोट


  • 2.2K
    Shares

    कर्णालीमा सकियो मतदान : शतप्रतिशतले हाले भोट

    सुर्खेत । राष्ट्रियसभा सदस्यका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ । तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेबाट मतदान सुरू भएको थियो ।

    कर्णालीमा स्थानीय तह र प्रदेश गरेर १९६ जना मतदान छन् । प्रदेशसभाका ४० तथा स्थानीय तहका १५६ मतदाताले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको एक वर्षअगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

    राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा तीन पदका लागि निर्वाचन भएको हाो । कर्णालीमा दलित, महिला र अन्य तर्फ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् ।

    सत्तारुढ गठबन्धनको पक्षमा तीन हजार ७७९ मतभार संख्या छ । भने एमालेको मतभार सङ्ख्या एक हजार १९५ छ ।

    प्रकाशित मिति :माघ ११ २०८० बिहिवार - १२:५१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij