२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । राष्ट्रियसभामा १९ सिटका लागि आज भइरहेको निर्वाचनमा ८० प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ९ बजे सुरु भएको मतदानमा मध्याह्न १२ बजेसम्म ८० प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
उनले भने, ‘सबै प्रदेशमा गरी अहिलेसम्म ८० प्रतिशत मत खसेको छ, कुनै विवाद नआए मतदान सकिए लगत्तै गणना सुरु गरी आजै विज्ञप्तिमार्फत परिणाम घोषणा हुनेछ ।’
उनले अहिले सातै प्रदेशका मतदान केन्द्रमा शान्त वातावरणमा मतदान जारी रहेको बताए । मतदानको समय ३ बजेसम्म रहेको छ ।
आगामी फागुन २० गते खाली हुने २० मध्ये १९ सिटका लागि आज निर्वाचन भएको हो । निर्वाचनमा विभिन्न दलका ५१ उम्मेदवार रहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij