२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्। मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले मेयर शाह मतदानमा सहभागी हुन नभ्याउने बताए।
‘कार्य-व्यस्तताका कारण बालेन्द्र मतदानमा जान नभ्याउने हुनुभएको हो’, उनले भने। यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेन्द्रले मतदान गरेका थिएनन्।
राष्ट्रिय सभाका १९ सदस्य चुन्न आज सातै प्रदेशमा मतदान भइरहेको छ।यसअन्तर्गत बागमती प्रदेशका ४ सिटका लागि हेटाैँडामा मतदान भइरहेको छ।
मेयर शाह बागमतीका मतदाता हुन्। उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौँडा पुगेकी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij