Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सुरु भयो मतदान

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सुरु भयो मतदान


  • 1.8K
    Shares

    राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सुरु भयो मतदान

    पोखरा । राष्ट्रियसभा उपनिर्वाचन अन्तर्गत गण्डकीमा मतदान सुरु भएको छ । सबैभन्दा पहिलो मतदाताका रूपमा पोखराका मेयर धनराज आचार्य र प्रदेशसभा सदस्य भीम कार्कीले मतदान गरेका छन् । 

    उनीहरूले मतदानको सुरुमै मत खसाएका हुन् । आचार्य एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् भने कार्की एमालेबाट निर्वाचित भएका हुन् ।

    गण्डकी प्रदेशमा गठबन्धनबाट अन्यतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपाङ्गतातर्फ पदम परियार चुनावी प्रतिस्पर्धामा छन् भने महिलातर्फ माओवादीकी मनरुपा शर्मा सुवेदीले मैदानमा पठाएको छ । एमालेबाट महिलातर्फ सम्झना देवकोटा, अन्यतर्फ चक्रबहादुर पराजुली र अपाङ्गतर्फ हेमन्त शेरचना चुनावी मैदानमा छन् भने राप्रपाले पनि अन्यतर्फ रोमबहादुर भण्डारी र महिलातर्फ गोममाया श्रेष्ठलाई अगाडि सारेको छ ।

    अन्यतर्फ श्रेष्ठ, पराजुली र भण्डारीको प्रतिस्पर्धा हुने छ भने महिलातर्फ सुवेदी, देवकोटा र श्रेष्ठ भिड्ने छन् । अपाङगतर्फ परियार र शेरचनाबिच प्रतिस्पर्धा हुने छ ।

    प्रकाशित मिति :माघ ११ २०८० बिहिवार - १०:०४:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij