Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राष्ट्रियसभा निर्वाचन : हेटौँडामा सुरु भयो मतदान

राष्ट्रियसभा निर्वाचन : हेटौँडामा सुरु भयो मतदान


  • 1.8K
    Shares

    राष्ट्रियसभा निर्वाचन : हेटौँडामा सुरु भयो मतदान

    हेटौँडा । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तरगत हेटौँडामा मतदान सुरु भएको छ । चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौँडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान सुरु भएको हो ।

    मतदान दिउँसो ३ बजे सकिने र लगत्तै मतगणना सुरु गरिने आजै साँझसम्म नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । निर्वाचनमा विभिन्न राजनीतिक दलहरूबाट १५ जना उम्मेदवारहरू रहेका छन् । 

    नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले), राप्रपा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका दलहरूबाट महिला, दलित, अपाङ्गता/अल्पसंख्यक र अन्य तर्फबाट उम्मेदवारी परेको छ ।

    मतदान अन्तरगत ११० जना प्रदेशसभा सदस्य तथा ११९ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरि २३८ गरि ३४८ जना मतदाता रहेका छन् ।

    प्रकाशित मिति :माघ ११ २०८० बिहिवार - ०९:५८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij