Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भोलीदेखि भिजिट भिसामा विदेश जान चाहिन्छन् यी कागजात

भोलीदेखि भिजिट भिसामा विदेश जान चाहिन्छन् यी कागजात


  • 4.6K
    Shares

    भोलीदेखि भिजिट भिसामा विदेश जान चाहिन्छन् यी कागजात

    काठमाडौँ ।  सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको छ ।

    मंगलबार विभागले भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि आफ्नो वेबसाइटमार्फत् यात्रा परामर्श जारी गर्दै ६ बुँदमा आवश्यक पर्ने कागजातहरू सार्वजनिक गरेको हो। 

    जसअनुसार भिजिट भिसामा विदेश जानको लागि कम्तीमा पनि ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने विभागले जनाएको छ। यस्तै, सम्बन्धित देशको भिसा वा अन–अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिने पनि भनिएको छ। 

    त्यसैगरी, भ्रमणमा जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने र भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र पेश गर्नुपर्ने भएको हो। 

    यस्तै, विभागको अनुसार कसैको निमन्त्रणामा भएमा त्यसको पत्र वा ५०० अमेरिकी डलर बराबरको नगद सहटी भएको प्रमाण चाहिनन्छ ।  भिजिट भिसामा जाने भन्दै विदेशमा गएर समयमै नफर्किई अवैध रूपमा काम गर्ने भेटिएको भन्दै अध्यागमन विभागले यसमा कडाइ गरेको विभागले जनाएको छ । 

    यता, अध्यागमन विभागले भिजिट भिसामा जानेले समयमै स्वदेश फर्किन्छु भनेर स्वघोषणा गर्नुपर्ने पनि भनेको छ। यस्तै सरकारले भिजिट भिसाको नाममा दलाल तथा एजेन्टहरूलाई अनावश्यक रकम नदिन पनि अनुरोध गरेको छ । विदेशमा रहेका आफ्ना आफन्तलाई भेट्ने वा पर्यटकको रूपमा विदेश घुम्ने उद्देश्य लिई नेपालबाट विदेश प्रस्थान गर्नेले दलालहरूलाई पैसा नदिन आग्रह गरेको हो ।

    प्रकाशित मिति :माघ ९ २०८० मंगलवार - २०:०३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij