Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

मध्यपहाडका समस्याबारे एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ माग

मध्यपहाडका समस्याबारे एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ माग


  • 2.7K
    Shares

    मध्यपहाडका समस्याबारे एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडका समस्याबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ । 

    प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले जनस्तरबाट आएका साढे ७ सय बढी मागहरू, समस्या, समस्या समाधानका उपायसहित सहित लिखित जानकारी गराएको हो ।

    उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ वटा क्षेत्रका ७५१ वटा मागहरू प्राप्त भएका थिए । गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५ र बागमतीबाट १३३ वटा मागहरू प्राप्त भएको उनले बताए ।

    यस्तै बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेशबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनले बताए । ज्ञवालीले सडक, शिक्षा, पर्यटन कृषि फलफूल र स्वास्थ्य बढी प्राथमिकताका साथ जनताले उठाएको उनले बताए । प्रधानमन्त्रीले प्राप्त मागहरू ‘दराजमा नथन्काएर’ कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए ।

    कार्यान्वयनका सवालमा अनुगमन गर्ने र सरकारलाई खबरदारी गर्ने उनले बताए । कार्यान्वयनको पहल र अनुगमनका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकेको छ ।

    प्रकाशित मिति :माघ ९ २०८० मंगलवार - ११:१४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij