Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सप्तरीमा प्रहरीसँग जनमतको झडप,मन्त्रीसहित ३ जना सांसद घाइते

सप्तरीमा प्रहरीसँग जनमतको झडप,मन्त्रीसहित ३ जना सांसद घाइते


  • 2.4K
    Shares

    सप्तरीमा प्रहरीसँग जनमतको झडप,मन्त्रीसहित ३ जना सांसद घाइते

    काठमाडौं। सप्तरीमा जनमत पार्टी र प्रहरीबीच सामान्य झडप भएको छ । मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले अवरोध गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।

    यसै क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका सचिव विपी साहले बताए । उनीहरुलाई प्रहरीको लाठी लागेको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुंडीराज न्यौपानेले भवन शिलान्यास कार्यक्रममा अवरोध गर्न खोजेपछि जनमतका नेता कार्यकर्तामाथि सामान्य बल प्रयोग गरेको बताए ।

    जनमत पार्टीको विरोधकाबीच राजविराजमा मधेश कृषि विश्वविद्यालयको जसपा अध्यक्ष उपेन्द्र यादवले शिलान्यास गरेका छन् । राजविराज नगरपालिका- १३ मा करिब १२ विघा जग्गामा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास गरिएको हो ।  

    शिलान्यासमा सप्तरी २ बाट पराजित उपेन्द्र यादवलाई नै प्रमुख अतिथि बनाएपछि जनमतले विरोध गरेको थियो । आइतबार जनमतले विश्व विद्यालयको कार्यालयमा तालाबन्दी गरेको थियो ।

    शिक्षा मन्त्री यादवले कार्यक्रम रद्द गर्न वक्तव्य जारी गरेका थिए भने जनमत अध्यक्ष डा. सिके राउतले कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए । यद्यपि सोमबार विश्वविद्यालयको भवन शिलान्यास भएको छ ।

    प्रकाशित मिति :माघ ८ २०८० सोमवार - १५:५९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij