Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

गठबन्धन भत्काएर भएपनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन : ओली

गठबन्धन भत्काएर भएपनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन : ओली


  • 2.6K
    Shares

    गठबन्धन भत्काएर भएपनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन : ओली

    काठमाडौँ ।​ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन्।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आएकाे बताए। बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्ने उनले आशय व्यक्त गरे।

    अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप लगाएका छन्। उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताउँदै देश अहिले अप्ठ्यारो स्थितिमा रहेको र नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने उल्लेख गरे।

    उनले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताए। अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन नेताहरु घाँटी मात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएको बताए। नेपाल न्यूज एजेन्सी

    प्रकाशित मिति :माघ ५ २०८० शुक्रवार - ०८:१३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij