२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । नेकपा एमालेका छ जना नयाँ केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई शपथग्रहण गराएका हुन्। पार्टीको केही दिनअघि बसेको ३६ औँ सचिवालय बैठकले छ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो।
बैठकले तुलसीप्रसाद न्यौपाने, रामअवतार यादव, केशवराज पाण्डे, विनोद शाह, दामोदर भण्डारी र दीपक थापालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो। शपथग्रहण समारोहमा पार्टी पदाधिकारिहरुको पनि उपस्थिति रहेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij