२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बिच एकता अघि बढाउन बाटो खुलेको छ । माओवादीको तर्फबाट एकता संयोजन समिति बनाउन ढिलाइ हुँदै आएको बेला शनिबार बसेको स्थायी कमिटी बैठकले आवश्यक निर्णय गरेको छ ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो।
शनिबारको बैठकमा पार्टीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए। प्रदेश इन्चार्जहरूको रिपोर्ट सुनेपछि अध्यक्ष प्रचण्डले त्यसको संश्लेषण समेत सुनाएको प्रवक्ता सापकोटाले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij