Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन


  • 2.1K
    Shares

    नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन

    नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो।

    अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो। त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ।

    अध्यक्ष भएका चौधरी यसअघि पार्टीको संरक्षक थिए। पार्टी अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन्। रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।

    प्रकाशित मिति :पौष २७ २०८० शुक्रवार - २१:४४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij