Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी


  • 2.5K
    Shares

    नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको उम्मेदवारी

    काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। कैलालीको टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो।

    सर्वसहमति प्रयास जारी राखेर निर्वाचन प्रक्रिया अघि बढाइएको हो। निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारहरुले अहिले मनोनयन दर्ता गरिरहेका छन्। 

    उम्मेदवारको भीडभाड भएकाले पूर्वनिर्धारित समयमा मनोनय दर्ता सम्पन्न हुन सकेको छैन। अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीको उम्मेदवारी परेको छ। उनी अहिले उक्त पार्टीको संरक्षक छन्।

    नागरिक उन्मुक्तिका एक नेताका अनुसार अध्यक्ष अहिलेसम्म चौधरीबाहेक अन्यको उम्मेदवारी परेको छैन। वर्तमान अध्यक्ष एपम् चौधरी पत्नी रञ्जिता श्रेष्ठलाई पनि अध्यक्षको आकांक्षी मानिएको छ।

    यद्यपि  उनले अहिलेसम्म मनोनयन दर्ता गराएकी छैनन्। अध्यक्षमा चुनाव हुने सम्भावना कम हुँदै गएको नेताहरू बताउँछन्। एकभन्दा बढी उम्मेदवारी परेका पदमा शुक्रबार दिउँसो १ः४५ मा मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।

    सह-अध्यक्ष १, महासचिव १, सचिव ७, उपाध्यक्ष ७, सहसचिव ७ र कोषाध्यक्ष १ गरेर ३३ पदाधिकारी चयन हुनेछन्।टीकापुर नरसंहारमा दोषी ठहर भएका चौधरी जेलमा रहँदा नागरिक उन्मुक्ति पार्टी बनेको थियो। त्यसपछि रेशम संरक्षक बनेका थिए। 

    उनकी पत्नी रञ्जिताको नेतृत्वमा पार्टी बनाएर चुनाव पनि लडिएको थियो। २०७९ सालको चुनावमा नाउपाले संघतर्फ चार सिट जितेको छ। गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर थुनामुक्त भएपछि चौधरी खुला राजनीतिमा छन्। 

    रेशमको कैद मिनाहाविरुद्ध सर्वोच्चमा परेको मुद्दा विचाराधीन छ। यस्तोमा उनी नाउपाको नेतृत्वमा फर्किएपछि उठ्ने कानुनी प्रश्नको निरुपण बाँकी नै छ। 

    प्रकाशित मिति :पौष २७ २०८० शुक्रवार - १३:५९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij