Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माओवादीले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम (नामावलीसहित)

माओवादीले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम (नामावलीसहित)


  • 2.5K
    Shares

    माओवादीले टुङ्ग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम (नामावलीसहित)

    काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ।सोमबार उम्मेदवारी मनोनय गर्नुपर्ने भएपछि माओवादीले राष्ट्रियसभामा पठाउने सबै ६ जनाको नाम टुंगो लगाएको हो।

    माओवादीले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरुपा शर्मा, कर्णालीबाट विष्णु विक, लुम्बिनीबाट झक्कु सुवेदी र सुदूरपश्चिमबाट रेणु चन्दको नाम टंगो लगाएको हो।  माओवादी केन्द्रका महासचिव देव गुरुङले उम्मेदवारको नाम टुंगो गरिएको बताए। 

    ‘प्राविधिक रुपमा मिल्ने नमिल्ने हामी हेर्दैछौँ। समानुपातिकको सूचीमा केहीको नाम छ। त्यसलाई कानुन रुपमा फाइनल गरेपछि सूची तयार हुन्छ’, उनले भने। माओवादी सचिव देवेन्द्र पौडेलले क्लस्टरवाइज पाएको नाम टुंगो लगाएको जानकारी दिए। 

    आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभाका १९ वटै सिटको भागबन्डा गरेको थियो। जसअनुसार माओवादी भागमा ६ सिट परेको छ। आगामी फागुनदेखि माओवादीका ३ सदस्यको पद रिक्त हुँदै थियो। उता नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि १० सिट लिने समझदारी भएको छ। 

    प्रकाशित मिति :पौष २२ २०८० आइतवार - १५:०१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij