Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै

अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै


  • 4.5K
    Shares

    अयोध्यामा जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
    images

    काठमाडौँ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ ।

    जानकी मन्दिरमा ‘जनकपुरधाम–अयोध्या भार यात्रा’का लागि भव्य तयारी गरिँदै छ । गाडीहरूलाई फूलले सिँगारिएको छ ।

    बाजागाजा र झाकीका साथ सयौँ भार लिएर अयोध्याका लागि प्रस्थान गर्ने जनकपुरधामबासीको तयारी छ । भार व्यवस्थापनमा सयौँ युवा र साधुसन्त लागेका छन् ।

    ‘जनकपुरधाम–अयोध्या भार यात्रा’को नेतृत्व जानकी मन्दिरका सहायक महन्त रामरोषण दास गर्दैछन् । अब केहिबेरमै यहाँबाट अयोध्याका लागि प्रस्थान गर्ने जानकारी दिए ।

    उनले भने, ‘यो ऐतिहासिक क्षण हो । पटक पटक घरबास (प्राण प्रतिष्ठा) हुँदैन । ५ सय वर्षपछि अयोध्यामा राम मन्दिर बनेको छ । एक पटक मात्र हुने प्राण प्रतिष्ठामा माता सीताको माइतीघरबाट भार लिएर जाँदैछौं । यो सम्पूर्ण नगरबासीको सहयोगले सम्भव भएको छ । खुशी लागेको छ ।’

    माता सीताको ससुरा अर्थात् भगवान् रामको दरबारमा पठाइने कोसेलीमा चाँदीको भाडा वर्तन, सुनको गरगहना, चाँदीको तीरधनुष र खराम, फलफूल, पञ्चमेवा, साडी, धोती, पलङ, टेबुल, कुर्सी, चुल्हा जस्ता सामग्री छन् । यो साम्रीहरु नगरबासीले उपलब्ध गराएका छन् ।

    ayodhyama-koseli4.jpg

    koseli.webp

     

    काँग्रेस नेता मनोज चौधरीले एक्लै ६१ वटा भार (कोसेली) अयोध्या पठाउन जानकी मन्दिरलाई हस्तान्तरण गरेका छन् । यसबाहेक जनकपुरधामका मेयर मनोज साह, त्यहाँका मन्दिरका साधुसन्तहरु, युवा अभियानी र हिन्दूवादीहरुले पनि कोसेली उपलब्ध गराएका हुन् ।

    राम मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ तारिखमा हुनेछ । जानकी मन्दिरका सहायक महन्त दासले यहाँबाट प्रास्थान गरेपछि राति वीरगञ्जमा बास बस्ने, भोली रातिसम्म अयोध्या पुग्ने र ६ तारिखको विहान कोसेली राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गर्ने जानकारी दिए ।

    राम मन्दिरमा स्थापना गरिने भगवान् रामको मूर्तिको जलाभिषेक गर्न मेचीदेखि महाकालीसम्मको जल संकलन गरेर पनि अयोध्या पठाइएको छ । भगवान् रामको मूर्ति बनाउन पनि सालीग्राम पथ्थर नेपालबाटै पठाइएको थियो ।

    भारतको उत्तर प्रदेशमा पर्ने अयोध्या भगवान् रामको जन्मभूमि हो । त्रेतायुगमा भगवान् राम र मिथिलाका राजा जनकपुत्री सीताबीच विवाह भएको थियो । त्यसैले माता सीताको जन्मभूमि जनकपुरधामबाट भव्यताका साथ प्राणप्रतिष्ठामा कोसेली पठाइँदै छ 

    प्रकाशित मिति :पौष १९ २०८० बिहिवार - ११:२२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij