२०८२ भाद्र ७ गते शनिवार
गोरखा। आइतबार गुरुङ समुदायले ल्होसार पर्व धुमधामका साथ मनाउँदैछन् । तमु हृयुल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा सदरमुकाममा संयुक्त रूपमा ल्होसार मनाइएको छ । ल्होसारको अवसरमा सदरमुकाममा झाँकीसहितको र्याली पनि निकालिएको छ ।
सदरमुकाममा भएको र्यालीमा मौलिक भेषभुषासहित स्थानीय सहभागी बनेका छन् । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागत गर्न तमु ल्होसार मनाउने प्रचलन छ । स्यार्गा नाच, घाटु, लामा नाचसहितको परम्परागत सस्कृति देखाउँदै सदरमुकाममा र्याली सहित ल्होसार मनाइएको हो ।
ल्होसार पर्व मनाउन युवा पुस्ताको उल्लेखनीय सहभागीता रहेको थियो । पर्व सँगै जातीय भेषभुषा, पहिचान, संस्कार र संस्कृति जान्न र बुझ्नका लागि पनि अवसर मिलेको युवा पुस्ता बताउँछन् । गुरुङ बाहुल्यता क्षेत्र रहेको गोरखा नगरपालिका, धार्चे, अजिरकोट, सिरानचोकलगायतका क्षेत्रमा पनि तमु ल्होसार मनाइँदै छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij