Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै


  • 2.7K
    Shares

    प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

    काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए । 

    आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। ‘पुस १० गते साँझ ठिक  ५ बजे प्रधानमन्त्री  प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा  राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, उनले भने । 

    प्रधानमन्त्री प्रचण्डले आफ्नो १ वर्षे कार्यकाल सोचेजति उपलब्धिमूलक नभएको बताउँदै आएका छन्। यद्यपि यसबीचमा आफूले धेरै सकारात्मक कामहरु अगाडि बढाएको प्रधानमन्त्रीले दाबी गर्दै आएका छन्। सुशासन कायम गर्ने तथा आर्थिक अवस्था सुधारमा आफूले धेरै प्रयास गरेको प्रधानमन्त्रीको दाबी रहने गरेको छ। 

    सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् । प्रधानमन्त्री प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

    तत्कालीन अवस्थामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। पछि राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले नै गठबन्धन फेरेका थिए। 

    प्रधानमन्त्री प्रचण्ड र उनको दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई साथ दिएपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए। पछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट बाहिरिएको थियो। अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी सहितको गठबन्धनबाट प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन्।

    प्रकाशित मिति :पौष १० २०८० मंगलवार - ०७:१२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij