Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : देउवा

गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : देउवा


  • 2.2K
    Shares

    गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताएका छन् ।​

    आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्म दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले राजनीतिक दलहरूले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने बताए ।

    देउवाले नेता स्व. भट्टराई कुनै पनि बदनामले नछोएको व्यक्ति भएको बताए । उनले नेता भट्टराईको खोजीनीति गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताए ।

    सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गरे । 

    प्रकाशित मिति :पौष ९ २०८० सोमवार - ०७:३८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij