Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

वर्तमान सरकारबाट मुलुकमा विकासको सपना देख्न सकिँदैन : ओली

वर्तमान सरकारबाट मुलुकमा विकासको सपना देख्न सकिँदैन : ओली


  • 2.5K
    Shares

    वर्तमान सरकारबाट मुलुकमा विकासको सपना देख्न सकिँदैन : ओली

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताएका छन् ।

    पार्टीको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगत्तै आइतबार सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन् । अध्यक्ष ओलीले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्यूह, भ्रष्टाचार र कमीसनतन्त्रलाई निरन्तरता दिन नसकिने बताए । उनले मुलुकमा सुशासन दिने शासक चाहिने बताए ।

    ओलीले भने, ‘वास्तवमा यही सरकारबाट, यही कार्यशैलीबाट, यही तारिकाबाट, यही कुशासनको चक्रव्यूहभित्र, यही भ्रष्टाचार र कमीसनतन्त्रका बीचमा विकासको सपना देख्न सकिँदैन । र, हामीले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता सधैं हुन्छ भन्ने होइन । सुशासन चाहिन्छ । सुशासन दिने शासक चाहिन्छ । त्यसपछि वास्तवमा खास देशको विकास हुन्छ ।’

    अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताए ।

    प्रकाशित मिति :पौष ९ २०८० सोमवार - ०७:३४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij