Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउँछौँ : मन्त्री गुरुङ

संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउँछौँ : मन्त्री गुरुङ


  • 2.1K
    Shares

    संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउँछौँ : मन्त्री गुरुङ

    काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका छन्।

    शनिबार पार्टीको बागमती प्रदेशस्तरीय प्रथम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले संसद सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका छन्।

    उनले संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताए। उनले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिटै संघीय कानुनहरू पारित गर्ने तयारीमा रहेको बताए।

    उपसभापति गुरुङले भने, महत्वपूर्ण ऐन, कानुन, शिक्षा विधेयक, जसले संघीयता कार्यान्वयनको एउटा पाटो हो, मिनी संसदमा विचाराधीन छ। संघीय कर्मचारी ऐन अर्को पाटो हो भने संघीय प्रहरी ऐन अर्को पाटो हो। हामी छिटोभन्दा छिटो संसदबाटै यी विधेयक पारित गरेर ल्याउँला, कार्यान्वयन गरौंला। यदि संसद १५-२० दिन ढिला हुने भयो भने अर्को बाटो पनि हामीले अवलम्वन गर्न सक्छौं। कानुन लिएर आउने अर्को बाटोमा पनि जानसक्छौं।’

    उनले कांग्रेसको आनीबानी र व्यवहारमा सुदृढ गर्न आवश्यक रहेको बताए।

    प्रकाशित मिति :पौष ८ २०८० आइतवार - ०७:२३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij