Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कांग्रेस मधेस सम्मेलनमा बन्द सत्र जारी

कांग्रेस मधेस सम्मेलनमा बन्द सत्र जारी


  • 2.4K
    Shares

    कांग्रेस मधेस सम्मेलनमा बन्द सत्र जारी

    काठमाडौँ । नेपाली काँग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनअन्तर्गत शुक्रबार बन्दसत्र चलेको छ। । जनकपुरधामस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको छ ।

    बन्दसत्रमा महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले साङ्गठनिक र राजनीतिक प्रस्ताव पेश गर्दैछन् भने कोषाध्यक्ष प्रदिप यादवले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । सम्मेलन ती प्रतिवेदनहरूमाथि छलफल गर्दै शुक्रबारै सम्पन्न हुनेछ ।

    सम्मेलनमा मधेश प्रदेशका आठ जिल्लाबाट ८२५ प्रतिनिधि सहभागी रहेको सभापति कृष्णप्रसाद यादवले जानकारी दिए । बिहीबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेका थिए ।

    प्रकाशित मिति :पौष ६ २०८० शुक्रवार - ११:१४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij