२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन जनकपुरधाममा सुरु भएको छ। जनकपुरको तरहुतिया गाछीमा आयोजित सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन्।
सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापालगायत नेताहरू जनकपुर पुगेका छन्।
सम्मेलनमा बन्द सत्र भने शुक्रबार बिहान सुरु हुनेछ। उद्घाटन समारोहमा मधेसका आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी भएका छन्।
बन्द सत्रमा मधेसका ८ जिल्लाबाट ८ सय २५ प्रतिनिधिले भाग लिने र राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमा छलफल हुने कांग्रेसले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij