Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादीको निर्णय

फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादीको निर्णय


  • 2.5K
    Shares

    फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादीको निर्णय

    काठमाडौँ । माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य शरद सिंह भण्डारीले बैठकले विधान मस्यौदा समिति गठन गरेको जानकारी पनि दिए । भण्डारीका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन् ।

    विधान सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्नेछ र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिनेछ । माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि बैठकले निकालेको उनले बताए ।

    प्रकाशित मिति :पौष ५ २०८० बिहिवार - ११:५१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij