Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कोरोना खोपका दुबै डोज लगाउने दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

कोरोना खोपका दुबै डोज लगाउने दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि


  • 11.4K
    Shares

    कोरोना खोपका दुबै डोज लगाउने दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

    नयाँ दिल्ली । भारतमा कोरोना खोप अभियान जारी छ । अहिलेसम्म भारतमा साढे दुई करोड भन्दा बढीले कोरोना खोप लगाइसकेका छन् ।

    यसैबीच, केही चिन्ताजनक खबरहरु समेत सार्वजनिक भैरहेका छन् । पछिल्लो खबर अनुसार महाराष्ट्रमा दुई स्वास्थ्यकर्मी कोरोना खोपका दुबै डोज लगाइसके पछि पनि कोरोना संक्रमित भएका छन् ।

    समाचार एजेन्सी पीटीआईका अनुसार महाराष्ट्रको जालनामा सरकारी अस्पतालमा कार्यरत कर्मचारी खोपको दुई डोज लिएपछि पनि कोरोनाको चपेटामा आएका छन्, यद्यपि अहिले उनीहरुमा कोरोनाको लक्षण भने निकै कम छ ।

    महाराष्ट्रमा अहिले कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ । पछिल्लो दिन नै पुरै राज्यमा १४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ, जुन गत वर्षको कीर्तिमानी तथ्यांक हो ।

    भारतमा यतिबेला खोप अभियानको दोस्रो चरण जारी छ । अहिले ६० वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाईंदैछ । एजेन्सी

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १०:४२:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij