Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री दाहालले जिम्मेवारीबोध गर्नुपर्छः मिनेन्द्र रिजाल

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री दाहालले जिम्मेवारीबोध गर्नुपर्छः मिनेन्द्र रिजाल


  • 2.3K
    Shares

    शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री दाहालले जिम्मेवारीबोध गर्नुपर्छः मिनेन्द्र रिजाल

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवारीबोध गर्नुपर्ने बताए। 

    बुधबार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र विष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। 

    उनले विस्तृत शान्ति सम्झौता हस्ताक्षर गरेको १७ वर्ष पुगिसक्दा पनि ३ पटक सशस्त्र द्वन्द्वको नेतृत्व गर्ने नेता प्रधानमन्त्री भइसक्दा किन टुंगिन नसकेको भन्दै प्रश्न गरे। सशस्त्र विद्रोहको नेतृत्व गरेको शक्ति सत्ताको छेउछाउमा मात्रै पुगेको भए पनि पन्छिने ठाउँ रहेको तर नेतृत्व नै गरिसिक्दा पनि किन टुंग्याउन नसकेको भन्नेकुरा रहस्यपूर्ण रहेको उनको भनाइ थियो। 

    उनले राजनीतिका फाइदा र बेफाइदाका बीचमा शान्ति प्रक्रियाका कामहरु बाँकी रहेको बताए। नेता रिजालले प्रधानमन्त्री दाहाल शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने चन्दा सत्तामा धेरै केन्द्रित हुने भने संक्रमणकालीन न्याय टुंगिन कठिन रहेको बताए।

    प्रकाशित मिति :पौष ५ २०८० बिहिवार - ०८:२३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij