२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार पनि बस्दैछ । पदाधिकारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
मंगलबारको बैठकमा प्रदेशका तर्फबाट रिपोर्टिङ प्रस्तुत गरिएको उनले बताए। बुधबारको बैठकमा विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तय हुने उनले जानकारी दिए।
‘विधान अधिवेशन र केन्द्रीय कमिटीको बैठक एकैपटक माघमा गर्ने गरी छलफल भइरहेको छ। आज बस्ने बैठकले यसबारे निर्णय गर्नेछ,’ उनले भने।
माओवादी केन्द्रले भदौ, असोज र कात्तिक तीन महिनो ‘जनतासँग पार्टी अभियान’ सञ्चालन गरेको थियो। त्यसैमा आधारित भएर प्रदेशले रिपोर्टिङ गरिरहेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij