Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आजको राशिफल : २०८० मंसिर २९ गते (शुक्रवार)

आजको राशिफल : २०८० मंसिर २९ गते (शुक्रवार)


  • 7.6K
    Shares

    आजको राशिफल : २०८० मंसिर २९ गते (शुक्रवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ । अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा गाह्रो हुनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    रमाईलो यात्राको तय हुनेछ । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा विस्वासको वातावरण बढेर जानेछ । पेट सम्बन्धि समस्याले सताउनेछ हुदा मानशिक तनाव बढ्नेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    काममा बिभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपार्ईँले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानी गर्न सकिनेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै हराउन सक्नेछन् भने पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । बोलिको प्रभाव बढ्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ र पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    बिभिन्न विलाशी वस्तुको प्रयोग गरी मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । 

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    बिद्यामा भने सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। साँझतिर कर्मयोगले नयाँ मोड लिनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    नयाँ काम पाउने तथा गरीरहेको ठाउँमा बढुवा हुने योग रहेको छ । समस्याहरुको समाधान गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । 

    तपाईको दिन शुभ रहोस् ।

    प्रकाशित मिति :मंसिर २९ २०८० शुक्रवार - ०५:०९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij