Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

कांग्रेस शेखर–गगन पक्षको भेला सुरु

कांग्रेस शेखर–गगन पक्षको भेला सुरु


  • 2.6K
    Shares

    कांग्रेस शेखर–गगन पक्षको भेला सुरु

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसिरहेको छ।

    बैठकमा चौधौँ महाधिवेशनमा शेखर समूहबाट चुनाव लडेका अधिकांश नेताहरू सहभागी छन्। असन्तुष्ट भनिएका महामन्त्री गगन थापा पनि बैठकमा उपस्थित छन्।

    बैठकमा केहीबेर सहभागी भएर बाहिरिएका उपसभापति धनराज गुरुङले बैठकमा शुक्रबार बस्न लागेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका एजेन्डाबारे छलफल हुने बताएका छन्। उक्त बैठकका लागि यो यो भेलाले आफ्नो समूहको एजेन्डाबारे छलफल गर्ने उनले बताए। 

    त्यसैगरी गुरुङका अनुसार यही पुस १६ देखि हुने भनिएको महासमितिको बैठक पनि सार्न नहुने धारणा बनाउने छ। माघ ११ मा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा आफ्नो पक्ष कसरी अघि बढ्ने भन्ने रणनीति पनि बैठकले तय गर्ने गुरुङले बताएका छन्। 

     

    प्रकाशित मिति :मंसिर २७ २०८० बुधवार - १५:१३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij