Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमालेको संकल्प यात्रालाई अवरोध गर्न सडकमा रुख ढाल्ने ८ जना पहिचानवादी पक्राउ

एमालेको संकल्प यात्रालाई अवरोध गर्न सडकमा रुख ढाल्ने ८ जना पहिचानवादी पक्राउ


  • 2.4K
    Shares

    एमालेको संकल्प यात्रालाई अवरोध गर्न सडकमा रुख ढाल्ने ८ जना पहिचानवादी पक्राउ

    विराटनगर । कोशीमा एमालेको अभियानलाई अवरोध गर्न खोज्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताए ।

    उनकाअनुसार अहिले सबैतिरको अवरोध हटाइसकिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीले गस्ति गरिरहेको र सुरक्षा अवस्था कडा पारिएको उनले बताए । एमालेको संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दसम्मका आन्दोलन घोषणा गरेपछि यहाँ सुरक्षा निगरानी बढाइएको छ ।

    सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी-हर्कपुर आउने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आव्हान गरेका छन् । बन्दको आव्हान गरेपनि बाटोमा प्रदर्शनकारी भने नदेखिएको प्रहरीले जनाएको छ ।

    एमालेको केन्द्रीय टोलीमा अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायतका नेता छन् ।

    प्रकाशित मिति :मंसिर २६ २०८० मंगलवार - १२:०९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij