Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक

लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक


  • 2.8K
    Shares

    लोसपामा विवाद, महतोले बहिस्कार गरे केन्द्रीय कार्य समिति बैठक

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्य समिति बैठक आज बस्दै छ । तर पार्टीमा दोस्रो वरियताका नेता राजेन्द्र महतोले बैठकमा सहभागी नहुने बताएका छन् ।

    लोसपाका महामन्त्री केशव झाका अनुसार कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय कार्य समितिको बैठकमा आगामी राष्ट्रिय सभा निर्वाचन र संगठन विस्तार लगायतका एजेण्डामा छलफल गर्ने कार्यसूची छ ।

    तर पार्टीमा पछिल्लो पटक गरिएको केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा असन्तुष्ट महतोले आफ्नो मत सुनुवाइ नभएको भन्दै बैठकमा नजाने बताएका छन् ।

    महतोले दुई महिना अघि बसेको कार्यकारिणी समितिको बैठकमा पुरा नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा छुटेकाले उनीहरुलाई समेट्नुपर्ने बताएका थिए । पार्टी अध्यक्ष महन्थ ठाकुरले पनि त्यसलाई सम्बोधन गर्ने बचन दिएका थिए । तर अहिलेसम्म पनि आफ्नो मतको सुनुवाइ नभएको भन्दै महतो असन्तुष्ट छन् ।

    महतो निकट केन्द्रीय सदस्य सन्तोष मेहताले भने, ‘हिजोसम्म उहाँले उहाँले बैठकमा जान्छु भन्नुभएको थियो । तर दुई महिना अगाडि भनेको कुराको सम्बोधन नहुने भएपछि म किन बैठकमा जाने भन्नुभएको छ ।’

    प्रकाशित मिति :मंसिर २४ २०८० आइतवार - १२:१३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij