Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने

राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने


  • 2.5K
    Shares

    राप्रपा राष्ट्रियसभाको चुनावमा सहभागी हुने

    काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने भएकाे छ ।

    आज बिहीवार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे माघ ११ गते हुने राष्ट्रियसभाकाे चुनावमा सहभागी हुने निर्णय गरेकाे पार्टीका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख माेहनकुमार श्रेष्ठले जानकारी दिनुभयाे । यसका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयाे ।

    यस्तै बैठकले आउँदाे पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहसहित पार्टीकाे सबै तहमा उत्सवका रूपमा मनाउने निर्णय गरेकाे छ ।

    बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाई रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आउँदाे पुस १, २ र ३ गते काठमाण्डाैमा बस्ने छ ।

    प्रवक्ता श्रेष्ठका अनुसार बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपचुनावमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

    प्रकाशित मिति :मंसिर २१ २०८० बिहिवार - १६:५९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij