२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। यही मङ्सिर २५ गते सोमबार बस्ने गरी जसपाले बैठक बोलाएको हो।
आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीले सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपा केन्द्रीय प्रचार विभागले जनाएको छ।
बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजेदेखि सुरु हुने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij