Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तयारी, के के छन् एजेन्डा ?

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तयारी, के के छन् एजेन्डा ?


  • 2.9K
    Shares

    माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तयारी, के के छन् एजेन्डा ?

    काठमाडौँ । माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाउने तयारी गरेको छ । नेपाल समाजवादी पार्टीसँग एकता, विधान सम्मेलन, रूपान्तरण अभियान, पछिल्लो राजनीति घटनाक्रम लगायतका विषयमा छलफल गर्न बैठक बोलाउने तयारी भएको हो । 

    गत साउनको तेस्रो साता राजधानीमा बसेको केन्द्रीय समिति बैठकले मंसिरमा विधान सम्मेलन गर्ने निर्णय गरेको थियो । तर यसबिचमा दसैँ, तिहार लगायत चाडपर्व परेकाले अभियान एक महिना थपेर पुस १६ सम्म बनाइएको थियो । अभियानको मिति थपिएसँगै मंसिरमा विधान सम्मेलन नहुने भएको छ । 

    यस्तै बाबुराम नेतृत्वको पार्टी नेसपासँग एकताका लागि एकता समायोजन समिति गठन गर्ने बैठकको एजेन्डा छ । बैठकमा तीन महिनामा भएको कार्यप्रगतिबारे संक्षिप्त छलफल हुने सचिव दीनानाथ शर्माले जानकारी दिए । छठ लगत्तै बैठक बस्ने तयारी गरे पनि अध्यक्ष प्रचण्डको कार्य व्यस्तता, अन्य पदाधिकारी बाहिर रहेकाले मंसिर २२ पछि बस्ने तयारी रहेको शर्माले जानकारी दिए । 

    ‘एकता समायोजन समिति, विधान सम्मेलन, हालसम्म भएका अभियानका प्रगतिबारे संक्षिप्त समीक्षा लगायत विषयमा छलफल हुनेछ’, बैठक बस्नेबारे जानकारी दिँदै उनले भने, ‘अध्यक्षज्यूको कार्य व्यस्तता, महासचिव लगायत अन्य पदाधिकारी बाहिर जिल्लामा भएकाले बैठक बस्न सकिएको छैन । मंसिर २२ पछि बैठक बस्ने तयारी छ ।’

    धेरैजसो पदाधिकारी अभियानको क्रममा जिल्ला जिल्लामा खटिएका छन् । महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा कर्णालीको भूकम्प प्रभावित क्षेत्रमा गएका छन् ।

    प्रकाशित मिति :मंसिर १९ २०८० मंगलवार - १३:५१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij