Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एकीकृत समाजवादीको महाधिवेशन वैशाखमा सर्ने !

एकीकृत समाजवादीको महाधिवेशन वैशाखमा सर्ने !


  • 2.7K
    Shares

    एकीकृत समाजवादीको महाधिवेशन वैशाखमा सर्ने !

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन वैशाखमा सार्न प्रस्ताव गरेका छन् । पार्टीका नेताहरूसँगको अनौपचारिक छलफलका क्रममा अध्यक्ष नेपालले ०८१ वैशाखमा राष्ट्रिय महाधिवेशन गर्दा उपयुक्त हुने धारणा राखेका हुन् । 

    ‘अनौपचारिक छलफलका क्रममा महाधिवेशनबारे तीन थरी धारणा छन् । अध्यक्ष आगामी वैशाखभित्र महाधिवेशन गरौँ भन्नेमा हुनुहुन्छ भने केही नेता जेठमा गर्दा उपयुक्त हुने त केही असोजमा गरौँ भन्नेमा हुनुहुन्छ’, सो पार्टीका एक पदाधिकारीले अध्यक्षसँग भएको अनौपचारिक छलफललाई उद्धृत गर्दै भने, ‘सोमबारको सचिवालयमा यी सबै धारणामा छलफल गरेर नयाँ मिति तय हुन्छ ।’

    यसअघि सो पार्टीले माघ १४ देखि १८ गतेभित्र महाधिवेशन सम्पन्न गर्ने मिति तय गरेको थियो । तर तोकिएको मितिमा महाधिवेशनका लागि गर्नुपर्ने तयारीहरू नपुगेको र माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचनलाई देखाउँदै सो पार्टीले माघको महाधिवेशन सार्ने मनस्थिति बनाएको हो ।

    सोमबार बस्ने पार्टीको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन सर्ने नसर्ने निर्णय गर्ने उपमहासचिव तथा पार्टी प्रचार विभाग जगन्नाथ खतिवडाले जानकारी दिए । 

    ‘सोमबार सचिवालय बैठक छ । सोही बैठकमा महाधिवेशन सर्ने वा नसर्ने भन्ने टुङ्गो लाग्छ’, खतिवडाले भने, ‘छलफल नै नभई कहिले पुग्छ भनेर भन्न कठिन छ ।’

    गत भदौ सात गते सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशन आगामी १४ देखि १८ माघसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो । पार्टी गठनपछि पहिलो महाधिवेशन हुन लागेको भए पनि एकीकृत समाजवादीले एमालेबाट विद्रोह गरेर पार्टी पुनर्गठन गरेको भन्दै दशौँ महाधिवेशन भनेको छ ।

    प्रकाशित मिति :मंसिर १७ २०८० आइतवार - १२:१८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij