Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा रास्वपाको कोषाध्यक्ष

पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा रास्वपाको कोषाध्यक्ष


  • 4.1K
    Shares

    पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा रास्वपाको कोषाध्यक्ष

    काठमाडाैं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमा अधिकारी रास्वपाको केन्द्रीय कोषाध्यक्षमा चयन भएकी छन् । आज सम्पन्न पार्टीको बैठकले उनलाई कोषाध्यक्ष बनाएको हो ।

    लिमा यसअघि रास्वपा केन्द्रीय सदस्य थिइन् । उनी गत वर्ष फागुनमा रास्वपा प्रवेश गर्दै तत्काल केन्द्रीय सदस्य बनेकी हुन् । त्यसको छोटो समयमा नै उनलाई पार्टीको महत्वपूर्ण पोर्टफोलियो प्राप्त भएको छ ।

    आफ्नो बुबा संलग्न पार्टी नेकपा एमालेमा २२ वर्षसम्म संगठित सदस्य थिइन् लिमा । उनी एमालेको उद्योग विभागमा पनि थिइन् । एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेपछि उनी त्यसैमा आवद्ध भइन् । नेकपा एसको केन्द्रीय परिषद सदस्य लिमालाई पार्टीले गत प्रतिनिधिसभाको चुनावमा समानुपातिकको बन्दसूचीमा राखेको थियो ।

    लिमा नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल पूर्वाधार विकास बैंकको निर्देशक पनि हुन् । उनका पिता भरतमोहन अधिकारीले एमालेको लोकप्रिय अल्पमतको सरकारमा सफल अर्थमन्त्रीको भूमिका निभाएका थिए । वृद्ध भत्ता र आफ्नो गाउँ आफैं बनाउ अभियान भरतमोहनले नै पहिलोपटक बजेटमा ल्याएका हुन् । लिमा भरतमोहनकी माइली छोरी हुन् ।

    प्रकाशित मिति :मंसिर १५ २०८० शुक्रवार - १८:१५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij