Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

एमालेले सुरु गर्‍यो महाकाली-मेची अभियान, बैतडीबाट आरम्भ

एमालेले सुरु गर्‍यो महाकाली-मेची अभियान, बैतडीबाट आरम्भ


  • 3.0K
    Shares

    एमालेले सुरु गर्‍यो महाकाली-मेची अभियान, बैतडीबाट आरम्भ

    काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानो शुभारम्भ रहेका हुन् । बैतडीको झुलाघाटबाट अभियनको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए । 

    सो अवसरमा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।

    सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ ।

    आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १४ २०८० बिहिवार - १०:३०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij