Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सीताराम विवाह पञ्चमीको तयारी सुरु, सात दिनसम्म मनाइने

सीताराम विवाह पञ्चमीको तयारी सुरु, सात दिनसम्म मनाइने


  • 2.6K
    Shares

    सीताराम विवाह पञ्चमीको तयारी सुरु, सात दिनसम्म मनाइने
    images

    जनकपुरधाम । त्रेतायुगमा भगवान राम र माता सीताबीच भएको विवाहको स्मरणमा जनकपुरधाममा भव्यताका साथ मनाइने विवाह पञ्चमीको तयारी सुरु भएको छ ।

    विवाह पञ्चमी यसवर्ष पनि सात दिनसम्म महोत्सवको रुपमा मनाइने जानकी मन्दिरका सहायक महन्त रामरोषण दास ‘वैष्णव’ले जानकारी दिए । उनका अनुसार मंसिर २६ गते पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान राम पहिलोपटक मिथिला राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ कार्यक्रम गरिन्छ ।

    विवाह महोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत मंसिर २७ गते फूलवारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर र पुस १ गते स्वयंवर तथा विवाह उत्सव आयोजना गरिनेछ । पुस २ गते रामकलेवा पश्चात विवाह पञ्चमी विधिवत समापन हुनेछ ‌।

    त्रेतायुगमा भगवान रामले शिव धनुषलाई भाँच्न सफल भएपछि माता सीतासँग विवाह भएको प्रसङ्ग रामायणमा उल्लेख छ । धनुष यज्ञ, तिलकोत्सव, मटकोर र स्वंयवर जस्ता विवाहको सबै विधि अपनाउँदा त्रेतायुगकै झझल्को दिन्छ ।

    सीताराम विवाह पञ्चमी महोत्सव हरेकवर्ष जानकी मन्दिरले नै आयोजना गर्छ । यो महोत्सवमा सहभागी हुन भगवान रामको जन्मभूमि अयोध्याबाट सयौं साधुसन्त जन्तीको रुपमा आउने गर्छन् ।

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - १३:३५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij