Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

रास्वपा संसदीय दलको बैठक सुरु

रास्वपा संसदीय दलको बैठक सुरु


  • 2.9K
    Shares

    रास्वपा संसदीय दलको बैठक सुरु

    काठमाडौं । महोत्तरीको जलेश्वरमा रास्वपा संसदीय दलको बैठक सुरु भएको छ। आज (मंगलबार) बिहान १० बजे बैठक सुरु भएको हो।

    संसदीय दलको बैठकपछि केन्द्रीय समितिको बैठक र त्यसपछि संयुक्त बैठक बस्ने कार्ययोजना रहेको रास्वपका सह-प्रवक्ता कबिन्द्र बुर्लाकोटीले बताए।

    आजदेखि तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहनेछ।

    पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुनेछ।

    रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमै छन्।

     

    प्रकाशित मिति :मंसिर १२ २०८० मंगलवार - ११:१८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij