Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

जलेश्वरमा रास्वपाको संयुक्त बैठक जारी

जलेश्वरमा रास्वपाको संयुक्त बैठक जारी


  • 2.2K
    Shares

    जलेश्वरमा रास्वपाको संयुक्त बैठक जारी

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु भएको छ ।

    मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा आज दिउँसो साढे १ बजेबाट संयुक्त बैठक सुरु भएको रास्वपाका उपसभापति डिपी अर्यालले बताए । बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद सहभागी छन् ।  उनका अनुसार मङ्सिर ११, १२ र १३ गते केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता रहने छ ।

    बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । प्रदेश सभापतिहरुले सम्बन्धि प्रदेशको राजनीति तथा सांगठनिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका छन् ।रास्वपाका संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार बैठकमा पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णय हुने छ ।

    भोलि बस्ने बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीति प्रतिवेदन प्रस्ताव पेस गर्ने बुर्लाकोटीले बताए ।

    प्रकाशित मिति :मंसिर ११ २०८० सोमवार - १६:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij