Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

‘कमलामाईलाई साक्षी राखेर भनेको छु, मधेशलाई हृदयभित्र राखेर काम गर्छु’

‘कमलामाईलाई साक्षी राखेर भनेको छु, मधेशलाई हृदयभित्र राखेर काम गर्छु’


  • 2.2K
    Shares

    ‘कमलामाईलाई साक्षी राखेर भनेको छु, मधेशलाई हृदयभित्र राखेर काम गर्छु’

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशलाई हृदयभित्र राखेर काम गर्ने कसम खाएका छन् ।

    केही दिनदेखि मधेशका जिल्लाहरूमा सक्रिय लामिछाने आज बिहान कमला नदीमा लागेको कार्तिक पूर्णिमा मेलाको आरतीमा सहभागी भएका थिए ।

    आरतीपछि सम्बोधन गर्दै उनले पत्रकारिताबाट जति गरे त्यो पर्याप्त नभएपछि राजनीतिमा आएको बताए । उनले भने, ‘राजनीतिमार्फत जति गर्न सक्छु, दिल खोलेर गर्छु । मन खोलेर गर्छु । मधेशलाई हृदयभित्र राखेर काम गर्नेछु । र, परिणाम देखाउनेछु ।’

    उनले बोलेको सबै कुरा गर्ने भन्दै कमलामाईको कसम समेत खाए । उनले भने, ‘म कुनै अपेक्षा राखेर बोलेको छैन । मलाई थाहा छ कमलामाई साक्षी राखेर भनेको छु । आफूले बोलेको कुरा पुरा गर्नेछु । जति बोल्ने त्यति गर्ने र जति गर्ने त्यति बोल्ने स्वभावको मान्छे म हुँ ।’

    उनले आफूले गरेको कामको रिपोर्ट कार्ड बोकेर कुनै दिन मधेश आएर देखाउने प्रतिबद्धता समेत जनाए ।

    प्रकाशित मिति :मंसिर ११ २०८० सोमवार - १३:२१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij