Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

रास्वपाको ३ दिन बस्ने संयुक्त बैठक महोत्तरीमा, यस्ता छन् एजेन्डा

रास्वपाको ३ दिन बस्ने संयुक्त बैठक महोत्तरीमा, यस्ता छन् एजेन्डा


  • 2.9K
    Shares

    रास्वपाको ३ दिन  बस्ने  संयुक्त बैठक महोत्तरीमा, यस्ता छन् एजेन्डा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीमा राखिने भएको छ। 

    पार्टीका महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालका अनुसार यही मंसिर ११, १२ र १३ गते महोत्तरीको सदरमुकाम जलेश्वरमा  दलको संयुक्त बैठक बस्ने भएको हो। बैठकमा प्रदेश सभापतिहरूको पनि सहभागिता रहनेछ। 

    तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, सासंदहरूको र संसदीय कार्यको समीक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिबारे छलफल एवं निर्णय हुने प्रवक्ता ढकालले नेपालखबरलाई जानकारी दिए।

    प्रकाशित मिति :मंसिर १० २०८० आइतवार - ११:४७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij